सांसदले भने– मान्छेलाई कोरोनाबाट नलुकाऔँ, जुधेर जाऔँ, लकडाउन खोलौँ

देशमा कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि गरिएको लकडाउन कति प्रभावकारी र कति फलदायी भन्ने विषयमा अब प्रश्न उठ्न थालेका छन् । सोमबार त प्रतिनिधिसभामा नै सांसदले लकडाउनको विरोध गरे । 

जुम्लाका सांसद गजेन्द्र महतले लकडाउनका कारण समस्या परेको र धेरै मानिसको अवस्था दयनीय भएको बताएका हुन् । उनले मानिसलाई कोरोनाभाइरसबाट लुकाएर राख्न नसकिने पनि बताए । 

‘तपाईंहरु लकडाउनले ठूलो राहत दिएको महसुस गरिरहनु भएको होला’ उनले भने, ‘हामीले त थला परेको महसुस पो गरेका छौँ ।’

उनले कोरोनाभाइरसलाई फेस गरेर जुध्नु पर्ने पनि बताएका छन् । ‘कोरोनाबाट मान्छेलाई लुकाएर कति साध्य हुन्छ,’ उनले भने, ‘योसँग त हामीले जुध्नु पर्छ ।’





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ४:३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया