नेपालका अधिकांश संक्रमित भारतबाट आएका
सीमानाकामा अलपत्र नेपाली

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या सोमबार ह्वात्तै बढ्यो । सोमबार मात्र २४ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढेर १ सय ३४ पुगेको हो । 

सोमबार कपिलवस्तुमा मात्र १७ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका हुन् । उनीहरु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका बासिन्दा हुन् । 

त्यस्तै, सोमबार नै रुपन्देहीमा थप ६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । 

यसअघि एकै दिन नेपालगन्जमा पनि ११ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । उता, उदयपुरको भुल्केमा पनि एकै दिन १७ जनालाई कोरोनाभाइरस देखियो । 

फाट्टफुट्ट एक जनामा मात्र पनि नयाँ ठाउँहरुमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । जस्तो कि सोमबार सप्तरीमा एक युवामा कोरोनाभाइरस संक्रमण देखियो । 

तर, एकै पटक धेरैमा देखिँदा होस् या फाट्टफुट्ट एक जनामा कोरोनाभाइरस देखिँदा किन नहोेस्, पछिल्ला दिन अधिकांश कोरोनाभाइरस संक्रमित भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।



नेपालमा पहिलो चार कोरोनाभाइरस संक्रमित चाहिँ युरोप र साउदी अरबबाट आएका व्यक्तिमा देखिएको थियो । जनवरीमा नै पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएका व्यक्ति चाहिँ चीनबाट आएका थिए । त्यसपछि मैतीदेवीकी १९ वर्षीया युवती फ्रान्सबाट नेपाल आएकी थिइन् जसमा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

सरकारले त्यसपछि अन्तर्राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगायो । सरकारले उडानहरुमा प्रतिबन्ध लगाएसँगै अन्य देशबाट आउने नेपालीहरु छैनन् । तर, भारतसँगको सीमा खुला हुँदा भारतका विभिन्न ठाउँबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु अझै पनि रोकिएका छैनन् । र, उनीहरुमा कोरोनाभाइरस संक्रमण पनि देखिएको छ । 



पछिल्ला केही दिन यता भारतमा लकडाउन खुकुलो भएको छ । योसँगै सीमामा सयौँ नेपालीहरु आएका छन् । उनीहरु सीमामा अलपत्र परेका छन् । नेपाल सरकारले चाहिँ यसरी सीमामा आइपुगेकाहरुलाई तत्काल नेपाल ल्याउने कुनै योजना बनाएको छैन ।

  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ५:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया