घरधनीलाई काठमाडाैंका स्थानीय तहकाे निर्देशन– घर गएका भाडावाललाई तत्काल फर्किन नदिनू !

 काठमाडौं उपत्यकाका स्थानीय तहले कोरोना महामारी सामान्य नभएसम्म गाउँ गएकालाई नफर्कन आग्रह गरेका छन् ।

लकडाउनअघिदेखि उपत्यका छाडेका सर्वसाधारण फर्कन थालेपछि चन्द्रागिरि नगरपालिका–१५ ले सूचना नै जारी गरेर घर भाडामा बस्नेलाई अवस्था सामान्य नभएसम्म घर गएका कसैलाई नफर्कनू भन्दै फोन गर्न घरधनीका नाममा सूचना जारी गरेको छ ।

केही दिनयता उपत्यका भित्रिने क्रम बढेपछि ललितपुर महानगरपालिकाका वडाहरु ९, ११, १२ र १९ ले पनि घरधनीलाई यस विषयमा सूचित गरेका छन् । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो सूचना जारी गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

कोठा भाडामा बस्नेहरू जबर्जस्ती फर्केको वा घरभित्र छिर्न खोजेमा टोल सुधारमार्फत् वडा कार्यालयलाई जानकारी दिन पनि भनिएको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ५:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया