नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान नगए पनि नेपालीले विदेशी भूमिमा यो भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।
पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।
केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् ।
साउदीमा फेरि एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । साउदीमा नै १० नेपाली चाहिँ कोरोना उपचारपछि ठिक भएर फर्किएका छन् ।
साउदीमा रहेको कन्सुलेटले नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपालीलाई सुरक्षित रुपमा त्यहाँको नियम पालना गरेर बस्न अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।