लहान– सप्तरीमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ । अघिल्लो सोमबार कोरोना संक्रमण पुष्टि भएका १८ वर्षीय युवकलाई प्रयोगशाला परीक्षण रिपोर्ट नआउँदै आइतबार घर पठाइएको खुलेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट ती युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनी आइतबारै घर पुगेर गाउँभर हिँडडुल गरेको र हटिया गएर किनमेल गरेकाले समुदायमा संक्रमणको जोखिम बढेको छ ।
सोमबार दिउँसो जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको टोलीले युवकको घर पुगेर उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
उनको परिवारका चारजना र उनको क्लोज कन्ट्याक्टमा आएका अन्य पाँचजनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।