धारिलो हतियार प्रयोग गरी हत्या, संवेदनशील अंग र टाउको गायब

सिराहा– लहानमा मंगलबार बिहान एकजना युवकको शव अवस्थामा फेलापरेको छ । घाँटी काटी हत्या गरी फालिएको शव लहान नगरपालिका–१७ गोविन्दपुरका ३७ वर्षीय मोहम्मद सफिदको भएको पहिचान गरिएको छ ।

उनी परिवारका अन्य सदस्यहरुसँगै घरबाहिर आँगनमा सुतेका थिए । मंगलबार सफिदको हत्या गरिएको अवस्थामा फेला परेको लहान प्रहरीले जनाएको छ । राति १० बजे सपरिवार खाना खाएर सुत्न छुट्टिएको र बिहान २ बजे पुनः खाना खान उनलाई खोज्दा नभेटिएको पारिवारिक स्रोतको भनाइ छ । 

सुरुमा कतै गएको होला भनेर दोस्रोपटक खाना खाएर सबै सुत्न गए । बिहान ५ बजे पुनः खोज्न जाँदा आफ्नै बारीमा घाँटी काटी हत्या गरिएको अवस्थामा भेटाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

उनको संवेदनशील अंग र टाउको गायब पारिएको प्रहरीले बताएको छ । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि लहान अस्पतालमा पुर्याइएको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार १०:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया