लकडाउन अवज्ञा गर्ने २१ व्यापारी पक्राउ

दाङ– लकडाउन अवज्ञा गरेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले २१ व्यापारीलाई पक्राउ गरेको छ ।

प्रशासनले अत्यावश्यकीय खाद्य वस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म पसल खोल्न पाइने जनाएको थियो । तर, कस्मेटिक, कपडा, हार्डवेयर, इलेक्ट्रिक, छापाखानासमेत खोलेको भन्दै प्रहरीले २१ जनालाई पक्राउ गरी हिरासतमा राखेको हो ।

पटक–पटक अनुरोध गर्दासमेत अटेर गरेर पसल खोलेको र भिड बढाएर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि ९२ जनालाई पक्राउ गरेर छाडिसकेको छ । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार १०:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया