बारामा निषेधाज्ञा

बारा र पर्सामा कोरोनाभाइरस संक्रमितको वृद्धि ह्वात्तै बढेपछि बारामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आजैबाट लागू हुने गरि यो निषेधाज्ञा जारि गरेको हो । 

त्यहाँ विपद् व्यवस्थापन कमिटीको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अब त्यहाँ लकडाउनमा पनि थप कडाइ गर्ने बुझिएको छ ।

पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने ९अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स० बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको छ । 

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार १९:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया