लकडाउनमा बाग्लुङबाट फर्किएका पर्साका मजदूरहरुलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । पर्सामा आज भेटिएका ३९ जनामध्ये १४ जना लकडाउनमा बाग्लुङमा काम रोकिएपछि एउटा बसमा पर्सा फर्किएका थिए ।
उनीहरुलाई गाउँपालिकाले नै क्वारेन्टाइनमा राख्ने तयारी गरेको खुलेको छ ।
यी १४ संक्रमित भेटिएको बसमा ४२ जनाले यात्रा गरेका थिए । यीमध्ये ६ जना भारतीय नागरिक पनि भएको खुलेको छ । भारतीय नागरिकहरु त्यहाँबाट भारत गइसकेका बताइएको छ ।
उनीहरु पर्सा पुगेपछि गाउँपालिकाले मंगल माविको क्वारेन्टाइनमा राखेको थियो ।
क्वारेन्टाइमा भएका ६२ जनाको स्वाब परीक्षण गर्दा १४ जनाको पोजेटिभ आएको हो । तर, उनीहरुमा कुनै लक्षण देखिएको थिएन ।
अब कोरोनाभाइरस संक्रमितहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा पठाउने तयारी भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।