अर्थमन्त्रीले सांसद हेपेकाे गगन थापाको आराेप

नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसदलाई हेपेर विनियोजन विधेयकमा कोरोना महामारीका विषयलाई उल्लेख नगरेको आरोप लगाएका छन् । 

थापाले भने, ‘यो विधेयक बनाउँदै गर्दा कोरोनाले प्रभाव पारेको विश्वको अर्थतन्त्रलाई अर्थमन्त्रीले कुन हिसाबले सोच्नुभएको रहेछ भनेर थाहा पाउनुपर्ने हो–हाेइन ? एक ठाउँमा बाहेक कहीँ पनि यसको बारेमा उल्लेख गरिएको छैन । अर्थमन्त्रीलाई थाहा नभएर नगर्नुभएको हाेइन, नचाहेर हो । सांसद भनेको धारा, पानी, ढलको बारेमा कुरा गर्ने हुन् भनेर हेपिएको हो । त्यसकारण यसबारे नलेखिएको हो ।’

बजेटले आशा जन्माउला कि भन्ने अपेक्षा गरेको भए पनि विधेयक पढेपछि त्यो बाँकी नरहने थापाको भनाइ छ । 

‘अर्थमन्त्रीज्यूले दुई दिनअघि प्रस्ताव गर्दा सरकारको कामले कोरोना संक्रमण न्यून छ भनेर प्रस्तुत गरे पनि आज ह्वात्तै बढ्यो । यसले नेपालको अर्थतन्त्रलाई पनि प्रभाव पारेको छ । हाम्रो बजेटले आशा जगाउला कि भन्ने अपेक्षा गरिरहँदा यो डकुमेन्ट हेर्दा त्यो बाँकी रहेन,’ उनले भने ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार २३:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया