लकडाउन थप कडा बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
फाइल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई अझै कडा बनाउनु पर्ने भन्दै सरोकारवाला निकायलाई यसबारे निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंमा लकडाउन जस्तो नै नदेखिएको भन्दै थप कडा बनाउन निर्देशन दिएका हुन् ।

मंगलबार दिउँसा नेपालमा एकै दिन ५७ जना कोरोनाभाइरस भेटिएका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन् । 

मन्त्रिपरिषद् बैठक सकिएपछि मंगलबार नै साँझ नेपालमा थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भयो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले शुक्रवारबाट काठमाडौंमा भने लकडाउन केही खुकुलो बनाएको थियो । तर, अब काठमाडौंमै पनि कोरोानाभाइरस संक्रमित भेटिएपछि यसबारे के निर्णय आउँछ भन्ने खुलेको छैन । 

कोरोना संक्रमण थप भयावह हुनसक्ने भन्दै उनले थप कडाई गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले आर्थिक गतिविधिभन्दा पहिले जीवन हुने भन्दै यस्तो निर्देशन दिएका हुन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार २३:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया