अफागानिस्तानको राजधानी काबुलको एक अस्पतालमा आक्रमण हुँदा कम्तिमा पनि २ नवजात शिशू र ११ आमा र नर्सको निधन भएको छ ।
अस्पतालमा अरु १५ जना गम्भीर घाइते भएका छन् । त्यसमा केही बालबालिका पनि रहेका छन् । केही बन्दूकधारीहरुले अस्पतालमा छिरेर अन्धाधुन्ध गोली चलाएका थिए । मंगलबार विहानको यो घटना मेडिसिन्स सान्स फ्रोन्टियर्सले चलाएको गर्भवती वार्डमा केन्द्रित थियो ।
अफगानिस्तानमा नै मंगलबार पूर्वी भेगमा एक प्रहरीको अन्त्यष्टीमा पनि आक्रमण भएको छ । त्यहाँ २४ जनाको निधन भएको छ ।
राजधानी काबुलमा चाहिँ स्थानीय समयअनुसार मंगलबार विहान १० बजे बन्दूकधारी अस्पतालमा छिरेर आक्रमण गरेका थिए । त्यहाँबाट भागेर ज्यान जोगएका एक चिकित्सकले त्यति बेला अस्पतालमा १ सय ४० जना भएको बताएका छन् । अस्पतालको माहोल निकै गम्भीर भएको पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।