२४ घण्टामा कोरोना संक्रमित ८४ हजार ७३२ थपिए, ५ हजार ३१३ को मृत्यु

काठमाडौं– विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ८४ हजार ७ सय ३२ जना थपिएका छन् । थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकाका छन् ।  

अमेरिकामा २२ हजार २३९ संक्रमित भेटिएका छन् भने रसियामा १० हजार ८९९, ब्राजिलमा ८ हजार ४५९, भारतमा ३ हजार ५२४, बेलायतमा ३ हजार ४०३, स्पेनमा १ हजार ३७७, इटलीमा १ हजार ४०२ कोरोना संक्रमित थपिएका छन् । 

त्यस्तै कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५ हजार ३१३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ६२३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ७७९, बेलायतमा ६२७, स्पेनमा १७६, फ्रान्समा ३४८, इटलीमा १७२ तथा रुसमा १०७ जनाको मृत्यु भएको छ । 

संसारभर कोरोना संक्रमितको संख्या ४३ लाख ३७ हजार २२ पुगेको छ । तीमध्ये कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ३९४ पुगेको छ । 

१५ लाख ९६ हजार ७६३ जना कोरोना संक्रमित निको भइसकेका छन् । २४ लाख ४७ जहार ८६५ कोरोना संक्रमित उपचाररत छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार १०:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया