गोरखामा लकडाउन थप कडाइ, सबै नाका सिल गरिने

गोरखामा बिहीबारदेखि लकडाउन थप कडा गर्ने भइएको छ । त्यहाँ अब बिहीबारदेखि बैंक तथा वित्तीय संस्था, बीमा तथा सहकारी कार्यालयको सेवा बन्द गर्ने र बाहिरबाट सवारी साधन प्रवेश गर्न नदिइने भएको हो । 

त्यहाँ बसेको सर्वपक्षीय बैठकले जिल्ला भित्रिने र बाहिरिने सवारी साधनलाई रोक्ने तयारी गरेको हो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार एम्बुलेन्स र तत्काल उपचार आवश्यक बिरामी बोकेका, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा वडाध्यक्षभन्दा माथिका जनप्रतिनिधिबाहेकका सवारीलाई अब जिल्लामा प्रवेश गर्न र जिल्लाबाट बाहिरिन नदिइने भएको छ ।

यसबीचमा पनि खाद्यान्न, तरकारी, पशुपंक्षी, औषधी उपकरण तथा माछामासुका पसलबाहेकका अन्य पसल पनि खोल्न नदिइने भएको छ । अर्को जिल्लामा जान यसअघि दिइएका सबै पासहरु खारेज गरिने सर्वपक्षीय बैठकले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार १६:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया