नारायणी अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोनाभाइरस

नारायणी अस्पतालमा कार्यरत एक नर्समा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । ३६ वर्षीया नर्सलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमित नर्सको संख्या ३ पुगेको छ । 

यसअघि कपिलवस्तु र भक्तपुरमा पनि नर्समा कोरोनाभाइरस संक्रमण देखिएको थियो । 

नारायणी अस्पतालमा कोरोना संक्रमण देखिएकी नर्समा कुनै लक्षण नदेखिएको बताइएको छ । अहिले नारायणी अस्पतालमा ७० जना कोरोनाभाइरस संक्रमित उपचार गराइरहेका छन् ।
 





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार २१:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया