बिहीबारबाट लकडाउनमा कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई कडाइ गर्ने भएको छ । नेपालमा मंगलबार ५७ जना र बुधबार २८ जना कोरोनाभाइरस संक्रमित भेटिएपछि सरकारले लकडाउनलाई थप कडा गर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड १९ रोकथाम तथा नियन्त्रणमा समितिमा लकडाउन थप कडा गर्न निर्देशन दिँदै आएका छन् । यसअघिको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले काठमाडौंमा लकडाउन जस्तै नभएको भन्दै थप कडाइ गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन र सरोकारवालाहरुको सुझावमा अब गृहमन्त्रालयले पनि लकडाउन कडा बनाउने नीति लिएको छ । 

योसँगै अब विभिन्न जिल्लामा पनि सिमाना सिल गरिएको छ ।

अब कसैले पनि एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाउने छैनन् । अत्यावश्यक परेर जान परेमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने हुन्छ ।

अब काठमाडौं उपत्यकामा पनि छिर्न कडाइ गर्न थालिएको छ । यसअघि नै गृहले यसअघि जारी भएका सबै पासहरु रद्द गर्ने निर्णय गरिसकेको छ । अत्यावश्यक कामका लागि अझै पनि बाहिर जान त पाइन्छ तर त्यसका लागि जिल्ला प्रशासनबाट नयाँ पास लिनु पर्ने हुन्छ । 



अब सबै सरकारी कर्मचारीले पनि आफ्नो कार्यालयका प्रमुखले जारी गरेको पास लिएर मात्र सडकमा निस्किन पाउने छन् । सरकारी कार्यालयहरुमा चाहिँ ३३ प्रतिशत मात्र कर्मचारी बोलाउने तयारी भएको छ ।

गृह मन्त्रालयले अनावश्यक काममा बाहिर ननिस्किन आग्रह पनि गरेको छ ।



  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार २२:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया