काेराेनालाई जितेर फर्किइन् चितवनकी ६३ वर्षीया महिला

चितवनको राप्ती नगरपालिका– ८ की कोरोना संक्रमित ६३ वर्षीया महिला निको भएर घर फर्केकी छिन् ।

गत ५ वैशाखदेखि भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेकी महिलाको पछिल्लो दुईपटकको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि बुधबार अस्पतालले घर पठाएको हो । पछिल्लो दुईवटा परीक्षणमा कोरोना नदेखिएपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

चितवनमा उनीसँगै कोरोना संक्रमण देखिएका २७ वर्षीय युवा भने अस्पताल भर्ना भएको एक हप्तामै निको भएका थिए । उनीहरू आमा–छोरा हुन् । संक्रमित भएर निको भएकालाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल आइपुगेकी थिइन् ।


संक्रमित दुवैजना गत ३ चैतमा बेलायतबाट नेपाल फर्किएका थिए । दुई दिन काठमाडौं बसेपछि उनीहरू ५ चैतमा चितवन आएका थिए । दुवैजनालाई एक महिनापछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको सम्पर्कमा रहेकाहरूको भने परीक्षणमा कोरोना संक्रमण भेटिएको थिएन ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार २२:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया