अनुसन्धानको तथ्यांक चीनले चोरी गरेको आरोप अमेरिकाले किन लगायो ?

अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी तथा एफबिआइले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन बनाइरहेको विषयमा रिसर्च डाटा चीनले चोरी गर्ने कोशिस गरेको आरोप लगाएका छन् । 

यो विज्ञप्तिमा अमेरिकी अनुसन्धान संस्थाले कोरोनाभाइरसबारे गरिरहेको अनुसन्धानलाई साइबर एट्याक गरेर चोर्न खोजेको आरोप लगाएका हुन् । अमेरिकाले यो निकै गम्भीर खतरा भएको पनि बताएको छ ।

एफबिआईको साइबर सेल सिआइएसएले भनेको छ, ‘अमेरिकाले जुन संस्थाहरुमा कोरोनाभाइरसबारे रिसर्च गरिरहेको छ, त्यसको तथ्यांकमा चीनले चासो दिएको छ । कोभिड १९ बारे रातदिन काम भइरहेको तर यो अनुसन्धानलाई चोर्न चीनले साइबर हमला पनि गर्न थालेको छ ।’

त्यसो त अमेरिका र चीनबीच कोभिड १९ को विषयमा यसअघि पनि बारम्बार विवाद हुँदै आएको थियो । अमेरिकाले बारम्बार चीनले यो महामारीको फाइदा उठाउन खोजेको आरोप लगाउँदै आएको छ । तर, अहिलेसम्म अमेरिकाले चीनमाथि लगाएका आरोपको कुनै प्रमाण चाहिँ पेश गर्न सकेको छैन ।

बुधबार अमेरिकाले जारी गरेको चेतावनीबाट यो प्रष्ट हुन्छ कि यी दुई देशबीच फेरि एकपटक सम्बन्ध बिग्रने भएको छ । 

अर्कोतिर, चीनले यसअघि अमेरिकाले लगाएका सबै आरोपको खण्डन गर्दै आएको छ । चीनले कोरोनाभाइरस संक्रमणबारे आफूले केही पनि नलुकाएको बताउँदै आएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ८:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया