उपत्यकामा अब कोरोनाभाइरस संक्रमणलाई रोक्न प्रशासनले थप कडा नीति अख्तियार गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय, काठमाडौंको लकडाउन थप कडा बनाउने भएको हो ।
अब काठमाडौंका भित्री गल्लीहरुमा पनि विभिन्न वाहना बनाएर हिँड्नेहरुलाई पक्राउ गर्ने नीति प्रशासनले लिएको हो ।
काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले यस्तो नीति लिएको हो ।
अब पैदलयात्रीलाई पनि काठमाडौं छिर्न नदिइने भएको छ । काठमाडांैं जिल्ला प्रशासनले यसअघिका सबै पाससमेत खारेज गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।