अब देशमै फलाम उत्पादन गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवमा मुलुकमै फलाम उत्पादन हुने बताएकी छन् ।

शुक्रबार संघीय संददमा आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले व्यावसायिक फलाम उत्पादनका लागि परीक्षणको काम सम्पन्न भएको र निकट भविष्यमा मुलुकका कम्पनीबाट फलाम उत्पादन सूरु गरिने बताएकी हुन् ।

राष्ट्रपतिले दैलेख लगायतका १० स्थानीयतहमा पेट्रोल अन्वेषणको काम भईरहेकाले फलाम उधोग सञ्चालन गर्नै कार्यक्रम रहेको बताइन् ।  

त्यसैगरी, पेट्रोलियम पदार्थको उत्पादनका लागि वैतडी, बझाङमा ‘फोस्फोराइड’को अन्वेषण गर्नै कार्यक्रम रहेको छ ।  

पेट्रोलियम पदार्थ उत्पदानका लागि वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याउने नीति सरकारको छ। निर्यात बढाई, रोजगारी वृद्धि गर्न चिनीया वन्दरगाह हुँदै तेस्रो मुलुकमा निर्यात गर्न आवश्यक काम गरिने उल्लेख छ ।  

आगामी वर्ष नेपालगंजमा एकीकृत जाँच चौकी निर्माण गर्ने, संघ, प्रदेश र स्थानीयतहको सक्रियतामा ब्यापरिक फर्मलाई सूचनामा आधारित बनाइने सरकारको नीति छ। आपुर्ति प्रणाली एवंम भण्डारण क्षमतामा वृद्धि गरिने, आन्तरिक वितरण प्रणालीलाई सुदृढिकरण गर्नै बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १८:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया