चन्द्रागिरी नगरपालिकामा मात्रै कोरोना संक्रमित चार जना भएपछि काठमाडौं उपत्यका पनि उच्च जोखिममा परेको छ । उपत्यकामा वैशाख ३० गतेदेखि लगातार कोरोना संक्रमित भेटिन थालेका हुन् । उपत्यकामा बाहिर जिल्लाबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो ।
चन्द्रागिरीमा बिहीबार थप तीन जनामा कोरोना देखिएको हो । उपत्यकामा देखिएको सबै संक्रमित उपत्यका बाहिरबाट आएका हुन् ।
शुक्रबार पनि चन्द्रागिरीका एक ७ वर्षीय बालकमा काेराेना संक्रमण देखिएकाे छ ।
नगरभित्र कोरोना संक्रमित बढ्न थालेपछि नगरपालिकाले शनिबार १२ बजेदेखि लागु हुने गरि ‘सिल’ गर्ने जनाएको छ । नगपालिकामा शुक्रबार बसेको जनप्रतिनिधि र सुरक्षाकर्मीको बैठकले बाहिर हिँड्डुल गर्न र स्थानीय सवारी साधन चलाउन नपाउने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।