लमजुङ तीन दिनका लागि सिल

जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले जेठ २ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म जिल्लाका सबै नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले देशका विभिन्न जिल्लामा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले तीन दिन मानिसको आवत–जावज पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए । उनका अनुसार एम्बुलेन्स, शववाहन, मृत्यु संस्कार, औषधि र इन्धनबाहेक अन्य सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय भएको छ ।

त्यस्तै, सर्वसाधारण नागरिक बिरामी भएको अवस्थाबाहेक घरबाट बाहिर ननिस्कने, बैंक, सहकारीलगायत वित्तीय संस्था पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तु इन्धन, दाल, चामल, तेल, नुन, दूध तथा डेरी, तरकारी तथा फलफूल, औषधि पसलहरूमा अनिवार्य हात धुने व्यवस्था गर्ने र बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र बिक्री–वितरण गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ६:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया