शुक्रबार नेपालमा थपिएका कोरोनाभाइरस संक्रमितमध्ये एक जना टिचिङ अस्पताल महाराजगन्जका कर्मचारी भएको खुलेको छ । दाङ घर भएका ३४ वर्षीय संक्रमित पुरुष बिरामीको उपचारका क्रममा संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ ।
यसअघि टिचिङ अस्पतालमा एक ६ वर्षीया बालिकामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । उनकै उपचारमा पनि संलग्न रहेका यी व्यक्तिलाई कोरोनाभाइरस पुष्टि भएको हो ।
दाङमा शुक्रबार अन्य दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
अब काठमाडौं टिचिङ अस्पतालमा कार्यरत दाङका यी युवा तथा ती बालिकाको सम्पर्कमा आएका अन्यलाई आइसोलेसनमा राखिएको छ ।
योसँगै नेपालमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिने क्रम बढ्दो छ । यसअघि पनि रुपन्देही, काठमाडौं र पर्साका नर्सहरुमा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।