१ जुनसम्म अमेरिकामा १ लाख मानिसको मृत्यु हुनेछ

अमेरिकाको नेसनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डिजिज कन्ट्रोल अर्थात् सिडिसीका निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा एक जुनसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख कट्ने बताएका छन् । 

सिडिसीले १२ विभिन्न भविष्यवाणी मोडलमाथि अध्ययन गर्दै यो निष्कर्ष निकालेको हो । यी सबै अध्ययनमा कम मृत्युको अनुमान गरिएको छ ।

यो संख्या पनि कम भएको र धेरै चाहिँ जति पनि हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अहिलेसम्म मृत्यु हुनेको संख्या स्पष्ट नभएको बताएका छन् । अहिलेसम्म कोरोनाभाइरसका कारण विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोनाभाइरसका कारण ८७ हजार ४ सय ९३ जनाले ज्यान गुमाएका छन् । 

राष्ट्रपति ट्रम्पले मार्च अन्त्यतिर अमेरिकामा कोरोनाभाइरसका कारण २ लाख ४० हजारको मृत्यु हुनसक्ने अनुमान रहेको बताएका थिए ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ७:७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया