इटालीले ३ मेदेखि यात्रा प्रतिबन्ध हटाउने

इटाली सरकारले अब देशमा आउने र देशबाहिर जानेका लागि सहज हुने एक अध्यादेशमा हस्ताक्षर गरेको छ । योसँगै कोरोनाभाइरस लकडाउन खुकुलो हुनेमात्र होइन, ३ जुनदेखि इटालीबाट बाहिर जान र इटालीमा आउन मिल्ने बनाउन लागिएको छ ।

योसँगै अब इटाली भित्र विभिन्न क्षेत्रमा हुने यात्राहरु पनि सहज हुनेछन्, अहिले यस्तो यात्रालाई त्यहाँ प्रतिबन्ध लगाइएको छ ।

पछिल्ला दिनमा संक्रमितको संख्या निकै घट्दै गए पनि इटालीमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३१ हजार ६ सय मानिसले ज्यान गुमाइसकेका छन् । युरोपमा सबैभन्दा बढी प्रभावितमध्येको एउटा देश इटालीमा पहिलो पटक कोरोनाभाइरस फ्रेबुअरीमा देखिएको थियो । 

त्यसपछि त्यहाँ देशभर लगाइएको लकडाउन ४ मेपछि अलिक खुकुलो बनाइएको थियो ।  





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १२:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया