चितवनकी तेस्रो संक्रमित, काठमाडौंबाट गएकी थिइन् चितवन

कोरोनाभाइरस संक्रमण पुष्टि भएका शनिबारका ९ संक्रमितमध्ये एक जना चितवनकी महिला पनि छन् । यसअघि चितवनमा अरु दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । साउदीबाट आएका युवा र उनकी आमामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । दुवै जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । 

अब चितवनको राप्ती नगरपालिका १ की २५ वर्षीया महिलामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार विहान उनको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड १९ भएको पुष्टि भएको हो ।

यी महिला केही दिनअघि मात्र काठमाडौंबाट चितवन गएको पनि खुलेको छ । राप्ति नगरपालिकाका उपमेयर इमानसिंह लामाले दिएको जानकारीअनुसार उनी काठमाडौंमा मजदूरी गर्ने गर्थिन् । उनी केहीअघि मात्र लकडाउन सुरु भएपछि चितवन पुगेकी छिन् । 

अब उनको सम्पर्कमा आएका अन्यको पनि स्वाब लिएर परीक्षण गरिने जनाइएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १३:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया