शुक्रबार साँझ र शनिबार विहान भेटिएका संक्रमितमध्ये दुई जना बाहिर जिल्लाका भए पनि अहिले काठमाडौंमा नै बस्ने गरेको खुलेको छ । योसँगै काठमाडौंमा मात्र ७ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । यीमध्ये ४ जना त चन्द्रागिरि नगरपालिकाका रहेका छन् । चन्द्रागिरिमा एक ७ वर्षीय बालकमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ ।
शनिबार विहान १० बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा १८ वर्षकी युवती सर्लाहीकी भएको उल्लेख गरिएको थियो । यी युवती सर्लाहीकी भए पनि पछिल्लो समय उनी काठमाडौंमा नै बसिरहेको खुलेको छ ।
उनी परिवारसँगै काठमाडौंमा बस्दै गरेको र अहिले उनको परिवार नै जडिबुटीमा रहेको बताइएको छ ।
उनको स्वाब पनि काठमाडौंमा नै संकलन भएको र अहिले पनि उनी काठमाडौंमा नै भएको बताइएको छ ।
अर्कोतिर काठमाडौंमा लगातार कोरोनाभाइरस संक्रमित बढ्दै जाँदा काठमाडौं प्रशासनले लकडाउनमा थप कडाइ पनि गरिरहेको छ । पछिल्लो समय काठमाडौंको चन्द्रगिरि नगरपालिकाले त ३ दिनका लागि सिल पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।