सतुंगलका ७ वर्षीय कोरोना संक्रमित बालक पालुङबाट हिँड्दै आएका थिए

चन्द्रागिरि नगरपालिकाको १० नम्बर वडा सतुंगलका ७ वर्षीय कोरोनाभाइरस संक्रमित बालक २९ वैशाखमा सतुंगल आइपुगेको खुलेको छ । उनी परिवारसहित पालुङबाट सतुंगल आइपुगेका थिए ।

उनमा कोरोनभाइरस संक्रमण भएको शुक्रबार साँझ पुष्टि भएको थियो र संक्रमित बालक आफ्नो आमाबाबुसँग हिँडेर नै काठमाडौं आएको चन्द्रागिरि नगरपालिकाका अधिकारीहरुले जनाएका छन् । 

नगरपालिकाले अब उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी सुरु गरेको छ ।

उनी बस्ने घर पनि सिल गरिएको छ । घर १४ दिनका लागि सिल गरिएको बताइएको छ । उनलाई उनका बाबु र आमासँगै बलम्बुमा रहेको सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १४:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया