कपिलवस्तुका पछिल्ला तीन संक्रमित सबै भारतबाट आएका

शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले कपिलवस्तुमा तीन जना कोरोनाभाइरस संक्रमित भएको पुष्टि गर्यो । योसँगै कपिलवस्तुमा अहिलेसम्म ४२ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । 

कपिलवस्तुका यी पछिल्ला संक्रमित तीनै जना पछिल्लो समय भारतबाट आएको खुलेको छ । उनीहरु लकडाउनमा नेपाल भारत सीमा बन्द हुँदा लुकिछिपी नेपाल प्रवेश गरेका थिए । 

मन्त्रालयका अनुसार कपिलवस्तुमा पछिल्लो पटक २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोनाभाइरस पुष्टि भएको हो । उनीहरु तीनै जना भारतको मुम्बईबाट आएका हुन् । 
भारतबाट आए पनि उनीहरुलाई घर जान दिइएको थिएन । उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।

अब उनीहरुलाई दाङको आइसोलेसन अस्पतालमा पठाउने भइएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १५:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया