धुलिखेलमा मृतक महिलाको अन्त्येष्टी विद्युतीय शवदाहमा गरिने

धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी सुत्केरी महिलाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गर्ने तयारी छ । उनीबारे थप अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । यो टोलीलाई डा। गुणराज लोहनीले नेतृत्व गरेका छन् । 

जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजेटिभ आएको थियो ।

अस्पतालले शंका लागेर फेरि परीक्षण गरेको र टेकुस्थित प्रयोगशालाको परीक्षणमा पनि पीसीआरको नतिजा पोजिटिभ आएको जिल्ला संकट व्यवस्थापन केन्द्रका एक सदस्यले जानकारी दिएका छन् । यसको औपचारिक पुष्टि भने गरिएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले परीक्षणहरु भइरहेको भन्दै विवरणहरु सार्वजनिक गरिने बताएका छन् ।

उनको मृत्यु कोरोनाभाइरसकै कारण भएको हो या अरु कुनै कारणले भन्ने पनि अहिलेसम्म खुलाइएको छैन ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १८:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया