राहुल गान्धीले सडकमै पुगेर भेटे दिल्लीमा मजदूर

भारतीय कांग्रेसका नेता राहुल गान्धीले दिल्लीमा आफ्नो घरतिर पैदल गइरहेका केही मजदूरहरुलाई भेटेका छन् । उनले सडकमा नै गएर यी मजदूरहरुलाई भेटेका हुन् । 

समाचार एजेन्सी एएनआईका अनुसार राहुलले उनीहरुसँग लकडाउन र यसले दिएको पीडाबारे कुराकानी गरेका थिए । भारतीय कांग्रेसले चाहिँ यी तस्वीर आफ्नो ट्विटरमा सेयर गर्दै मानिसको पीडा त्यही नेताले सम्झिन सकने जसले उनीहरुको पर्वाह गर्ने गर्छ भन्ने उल्लेख गरेको छ ।

राहुल गान्धीका यी तस्वीर उनकी बहिनीले पनि ट्विट गरेकी छिन् । उनकी बहिनी प्रियंका गान्धी भारतीय कांग्रेसकी महासचिव हुन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार २०:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया