अभिनेता सोनु सुदको यो काम जसले पाइरहेछ भारतभर प्रशंसा

मुम्बईमा फँसेका कर्नाटकका मजदूरहरुलाई घर पठाएपछि अब बलिउड अभिनेता सोनु सुदले अन्य प्रदेशका फसेका मजदूरहरुरलाई पनि घर पठाउन थालेका छन् । शनिबार युपी, बिहार र झारखण्डका प्रवासी मजदूरहरुलाई उनले बसमा राखेर मुम्बईबाट पठाउका हुन् । 

उनले सबै सरकारी अनुमति लिएर यो काम गरिरहेका हुन् ।

प्रवासी मजदूर भरिएका कतिपय बस मुम्बईबाट भारतका विभिन्न सहरका लागि छुटेका छन् । यो काम सोनु सुदले साथी नीति गोयलसँग मिलेर गरेका हुन् । 

‘यी मजदूरहरुलाई आफ्नो घरभन्दा टाढा सडकमा हिँडिरहेको देखेर मलाई निकै नरमाइलो लागेको छ,’ सोनुले भनेका छन्, ‘यो काम मेरो मनको नजिक छ र यसका लागि म मैले सक्ने सबै काम गर्छु ।’

अहिलेसम्म सोनु सुदले सयौँ बसमा यस्ता मजदूरहरुलाई उनीहरुको घर जान सहयोग गरिसकेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार २१:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया