झापा सीमामा नेपाल प्रहरीमाथि भारतीयकाे आक्रमण प्रयास, सशस्त्रले गर्‍याे हवाइ फायर

भारतीय नागरिकले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि झापाको कचनकवल सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गोली चलाएको छ । 

आक्रमणको प्रयास भएपछि हवाई फायर गर्न परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए । 

अब प्रहरीले यस विषयमा भाेलि भारतीय सीमा सुरक्षा बलसँग कुराकानी गर्ने बताइएकाे छ । 

भारतीय नागरिकले नेपाली भूमिमा मकैबाली लगाएकाे र त्यसका लागि नेपाल आउन खाेज्दा प्रहरीले राेक्दा झडप हुन खाेजेकाे थियाे ।

 





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार २३:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया