मुम्बईबाट फर्किएका युवाको बाँकेको क्वारेन्टाइनमा मृत्यु, कोभिड १९ कै कारण मृत्यु भएको आशंका

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा एक युवकको आज मृत्यु भएको छ । उनी ३० वैशाखमा भारतको मुम्बईबाट आएका थिए । 

बिहान उनको स्वासप्रस्वासमा समस्या आएपछि मृत्यु भएको जनाइएको छ । 

नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार उनलाई एक्कासी समस्या देखिएको थियो । 

मुम्बईबाट आएका र स्वासप्रस्वासमा समस्या भएकाले उनलाई पनि कोरोनाभाइरस संक्रमण भएको र यो मृत्यु पनि कोभिड १९ कै कारण भएको हुनसक्ने आशंका गरिएको छ ।

उनको मृत्युले नरैनापुरमा त्रास फैलिएको छ । 

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।



राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ । गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।



  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १०:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया