भारतबाटै आएका थिए रौतहटका पछिल्ला १० संक्रमित, सिधै लगिएको थियो क्वारेन्टाइन

आइतबार विहान रौतहटका १० जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो । उनीहरु १० जना नै भारतको मुम्बई र गुजरातबाट नेपाल आएको खुलेको छ । नेपालमा अधिकांश भारतबाट आएका व्यक्तिहरुमा कोरोनाभाइरस देखिएको छ ।

भारतमा पनि कोरोना नियन्त्रणको लागि लकडाउन गरिएपछि दैनिक गुजराकै अभाव झेलिरहेका उनीहरु विभिन्न तरिका अपनाउँदै नेपाली नाकासम्म आइपुगेका थिए । 

नाकाबाट उनीहरुलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार उनीहरु अहिलेसम्म परिवार वा अन्य कसैको पनि सम्पर्कमा पुगेका छैनन् ।

परीक्षणमा रौतहट फरहदवा ९ का ७ जनार इशनाथका ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ । कोरोनाका कारण पहिलो पटक एक महिलाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १०:४७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया