काठमाडौं– सरकारले लकडाउन थप कडा बनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका छन् ।
आइतबार ट्विट गर्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् । उनले कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका हुन् ।
सिन्धुपाल्चोकमा एक सुत्केरीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले कोरोना संक्रमणबाट मानवीय क्षति हुन नदिन सरकारले प्रयास गरिरहेको जनाएका छन् ।
कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) May 17, 2020
यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।
— K P Sharma Oli (@kpsharmaoli) May 17, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।