नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं आउँदै गरेका चिकित्सकको गाडी रोकेर नागढुङ्गामा दुव्र्यवहार गरेका एक व्यक्ति पक्राउ परेका छन् । वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई नागढुङ्गामा गाडी रोकेर ती व्यक्तिहरुले अनावश्यक सोधखोज गरेका थिए । 

डा. कार्कीको गाडी रोकेर एक हुल युवाहरुले उनको गाडीमा भएका सामान सबै खोलेर देखाउन धम्की दिएका थिए । झोला खानतलासी गरेका र डा. कार्कीलाई अभद्र व्यवहार गरेका यी युवालाई आज प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ती युवालाई अहिले टेकुको प्रहरी परिसरमा राखिएको छ । चन्द्रागिरिका उत्तम कार्की र अरु केही युवाहरु मिलेर डा. कार्कीमाथि गरेको दुव्र्यवहारको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । 

सामाजिक सन्जालमा अधिकांशले डा. कार्कीमाथि भएको दुव्र्यवहारको कडा आलोचना गरेका छन् । 

आलोचना चुलिँदै गएपछि उत्तम कार्कीले पनि फेसबुकमा माफी मागेका छन् । 





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १३:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया