लकडाउनकाे माैका छाेपी तीनथानामा लाखाैँकाे चाेरी

लकडाउनको मौका छोपी उपत्यकाको तीनथानास्थित एक घरबाट शनिबार लाखौं रुपैयाँबराबरको धनसम्पत्ति चोरी भएको छ । घरधनी नजिकै भएको बेलामा आँखा छली स्थानीय राजेश मानन्धरको घरबाट १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको हो ।  

चोरीमा संलग्न भएको भन्दै प्रहरीले तल्कालै ६ जनालाई पक्राउ गरेको छ । घरधनीले जानकारी दिएपछि महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चोरी गर्ने टोलीलाई समातेको हो । 

वृत्त थानकोटका अनुसार पक्राउ पर्नेहरूमा उदयपुरका आकाश मगर, अञ्जना मगर, अभिषेक महर्जन, कीर्तिपुरका सौरभ महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् । उनीहरूलाई प्रहरी हिरासतमा राखिएको थानकोट वृत्त प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १३:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया