बाँकेका मृतक युवामा पनि कोरोनाभाइरस देखियो, नेपालमा मृत्यु हुने २

बाँकेमा क्वारेन्टाइनमा रहेका र आइतबार विहान मृत्यु भएका युवामा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । 

योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अब २ पुगेको छ ।

यसअघि बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाले पनि कोरोनाभाइरसका कारण ज्यान गुमाएकी थिइन् ।

बाँकेका २५ वर्षीय यी युवाको आइतबार विहान अचानक निधन भएको थियो । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको अन्त्येष्टी पनि अब कोरोनाभाइरसका कारण मृत्यु हुनेको अन्त्येष्टी जसरी गरिने भएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १६:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया