भारतमा अर्को राज्यले पनि थप १५ दिनको लकडाउन थपेको छ । यसअघि पन्जाब र महाराष्ट्रले पनि त्यहाँ ३१ मेसम्म लकडाउन बढाउने घोषणा गरेका थिए ।
अब तमिलनाडुले पनि लकडाउन थप्ने भएको छ ।
भारतको केन्द्र सरकारले आह्वान गरेको लकडाउन चाहिँ आजबाट सकिँदै छ । अहिलेसम्म केन्द्र सरकारले यसबारे कुनै सूचना जारी गरेको छैन ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप भइरहने बताएका थिए । तर, उनले कहिलेसम्म लकडाउन कायम रहने भन्नेबारे कुनै जानकारी दिएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।