लकडाउन कम्तिमा १० दिन थपिने निश्चित

सरकारले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप १० दिन लकडाउन थप्ने निश्चित भएको छ । आज साँझ बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले यसको टुङ्गो लगाउँदै छ । 

यसअघि यसबारे सिफारिस गर्न बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिले चाहिँ सरकारलाई कम्तिमा पनि १० दिन लकडाउन लम्ब्याउन सिफारिस गर्ने भएको छ । 

समितिको बैठकमा सहभागी एक अधिकारीले फरकधारसँग भने, ‘पछिल्लो सयम बढ्दै गरेको संक्रमणको अवस्था र परीक्षणको विषयलाई ध्यानमा राखेर १० दिन त थप्नै पर्छ भन्ने निष्कर्ष निकालिएको हो ।’

सरकारले यसअघि तोकेको लकडाउन ५ जेठमा अर्थात् भोलि सकिँदै छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १७:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया