कस्ता लक्षण देखिएका थिए मृत्युअघि कोरोनाभाइरसबाट ज्यान गुमाएका युवामा ?

आइतबार नेपालमा कोरोनाभाइरसका कारण दोस्रो व्यक्तिको निधन भएको छ । यी व्यक्ति २५ वर्षीय युवा थिए । उनी ३० वैशाखमा भारतबाट लुकेर नेपाल आएका थिए । 

नेपाल प्रवेश गरेसँगै उनीसहित करिब पाँच सय जनालाई नरैनापुरमा क्वारेन्टाइनमा राखिएको थियो । उनी बसेकै क्वारेन्टाइनका अन्य आठ जनालाई यसअघि नै कोरोनाभाइरस संक्रमण भएको थियो ।

तर, यी युवाको पिसिआर परीक्षण गरिएको थिएन । उनमा कुनै समस्या पनि देखिएको थिएन । लक्षण नै नदेखिएपछि उनीहरुलाई कोरोनाभाइरस संक्रमण नभएको हुनसक्ने अनुमान गरिएको थियो ।

तर, आइतबार अचानक उनलाई सास फेर्न गाह्रो भयो । आइतबार सवेरै विहान उनको केही समयमा निधन पनि भयो । क्वारेन्टाइनमा उनलाई आइतबार अचानक उच्च ज्वरो समेत आएको बताइएको छ । पछि उनले वान्ता गर्न थालेका छन् । नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार उनमा ज्वरो आउने, वान्ता हुने र सास फेर्न गाह्रो हुने समस्या एकै पटक देखिएको थियो ।

यो सबै समस्या एकैपटक हुँदा हुँदै युवकको ज्यान गयो । 

यसपछि गाउँपालिकाले उनको अन्त्येष्टीको तयारी गरेको छ । 



पछिल्लो समय पनि भारतबाट नरैनापुरमा आउने व्यक्तिको संख्या घटेको छैन । अहिले नरैनापुरमा भारतबाट फर्किएका ७ सय १८ जना क्वारेनटाइनमा बसिरहेका आइतबार मृत्यु भएको युवक बसिरहेको दीपेन्द्र माविमा ३९ बसिरहेका छन् ।  

मृतकमा कोरोना संक्रमण पुष्टी भएपछि स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधी अनुसार कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्ने तयारी गरिएको छ । शव ब्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत टोलीले गर्ने बताइएको छ ।



  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १८:३२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया