२० जेठसम्म लकडाउन लम्ब्याउने निर्णय

कोरोनाभाइरस रोकथाम तथा नियान्त्रणका लागि सरकारले लगाएको लकडाउन थप १५ दिन थपिने भएको छ । योसँगै अब नेपालभर २० जेठसम्म लकडाउन लम्ब्याउने भइएको छ । 

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार अबको लकडाउनलाई थप कडाई गर्न प्रशासन कार्यालयहरुलाई निर्देशन दिने पनि निर्णय गरिएको छ । 

यसअघि उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको थियो । 

नेपालमा अब २ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये ३५ जनाले स्वास्थ्य लाभ गरेका छन् । २ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २०:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया