कोरोनाभाइरस संक्रमित नर्सको संख्यामात्र ४ पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमण फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीमा पुष्टि हुने क्रम बढ्दो छ । केही दिनअघि पहिलो पटक कपिलवस्तुमा एक नर्समा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी घरबाट नै अस्पताल जाने र आउने गरेकी थिइन् । उनलाई अस्पतालमा नै कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

त्यसलगत्तै सर्लाहीकी एक नर्सलाई पनि काठमाडौंमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । उनी काठमाडौंकै एक अस्पतालमा कार्यरत थिइन् । 

वीरगन्जमा पनि कोरोनाभाइरस संक्रमितको उपचारमा नै खटिएकी अर्की एक नर्समा पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । 

आइतबार थपिएका तीन जना कोरोनाभाइरस संक्रमितमध्ये एक जना धनकुटाकी ३६ वर्षकी नर्स भएको पनि खुलेको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमित नर्सको संख्या मात्र चार पुगेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २१:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया