काेराेना महामारीबीच घरमा बाेलाएर किशाेरी बलात्कार गर्ने युवक कपिलवस्तुमा पक्राउ

कपिलवस्तुमा आफ्नै घरमा बोलाएर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

कृष्णनगर नगरपालिका–११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राससका अनुसार सोही गाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार गणेशपुरबाट गएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो। 

गएको शुक्रबार राति यादवले किशोरीलाई घरमै बोलाएर बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए। 





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २३:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया