कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनको हुँदैछ विशेष बैठक

विश्व स्वास्थ्य संगठनका विभिन्न गतिविधिबारे फैसला लिने विश्व स्वास्थ्य परिषद्को आज विशेष र महत्वपूर्ण बैठक हुँदैछ ।

जेनेभामा हुने यो बैठकमा विश्व स्वास्थ्य संगठनका सबै सदस्य राष्ट्रहरुले प्रतिनिधित्व गर्नेछन् । 

यो बैठकमा कोरोनाभाइरसबारे नै चर्चा हुने मानिएको छ । तर, बैठक अगाडि नै विश्वमा यसबारे राजनीति सुरु भइसकेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार यस पटक ताइवानले एसेम्बलीमा पर्यवेक्षकको भूमिका निर्वाह गर्नेमा पनि चर्चा हुनेछ । कोरोनाभाइरसविरुद्धको लडाइँमा ताइवानले प्रशंसनीय काम गरेको छ ।

तर, ताइवान स्वास्थ्य संगठनको सदस्य राष्ट्र होइन । चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ । 

अहिले विश्वका अरु १५ देशले ताइवानलाई पनि देशका रुपमा स्वास्थ्य संगठनमा ल्याउनु पर्ने बताइरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १०:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया