एमसिसीबारे देउवालाई भीम रावलको जवाफ

काठमाडौं– अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले खण्डन गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले सभापति देउवाको मागको खण्डन गरेका हुन । 
सो क्रममा उनले महाकाली सन्धिको स्मरण गराउँदै भने, ‘एकजना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो ।’

यसअघि आइतबार प्रतिनिधिसभामा बोल्दै कांग्रेस सभापति देउवाले एमसिसीलाई सदनबाट पारित गर्नेबारे सरकारले उदासीनता देखाएको आरोप लगाएका थिए । उनले चाल अधिवेशनबाट एमसिसी पारित गराउन पनि माग गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १२:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया