कर्णालीमा कोरोनाको आशंकामा एक जनाको स्वाब थप परीक्षणको लागि नेपालगन्ज पठाइयो

सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएको छ ।

कोरोना परीक्षण गर्दा रिपोर्ट बोर्डर लाइनमा देखिएकाले थप परीक्षणका लागि बाहिर पठाइएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन ओम आर्चायले जानकारी दिए ।  

साँझ वा भोलि विहानसम्म अन्तिम रिपोर्ट आउने स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्दा रिर्पोट शंकास्पद देखिएका युवा ४५ दिन भारतको आगरामा बसेर आएका हुन् ।

दैलेखको आठविस नगरपालिका घर भएका ती ब्यक्तिलाई जेष्ठ १ गते उद्धार गरि आठविस नगरपालिकामा ल्याइएको थियो । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा उनीसहित ३८ जना बस्दै आएको पर्वसिंह विश्वकर्माले बताए ।  

उनकाे पिसिआर रिपाेर्ट पाेजेटिभ आएमा कर्णाली प्रदेशमा पहिलाे संक्रमित हुनेछन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १३:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया