कोरोनाबाट मृत्यु भएकै ठाउँका हुन् आज भेटिएका कोरोना संक्रमित, सबै छन् क्वारेन्टाइनमा

बाँकेमा आज ४७ जनामा एकै दिन कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यीमध्ये ४६ जना पुरुष हुन् भने एक जना महिला हुन् ।

उनीहरु सबै जना नरैनापुर गाउँपालिकाका भएको खुलेको छ । 

नरैनापुर त्यही ठाउँ हो जहाँ आइतबार २५ वर्षका युवाले कोरोनाभाइरासका कारण ज्यान गुमाएका थिए ।

नरैनापुरका क्वारेन्टाइनमा भएका सबैको कोरोना परीक्षण गर्दा उनीहरुको पोजिटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले फरकधारलाई जानकारी दिएका छन् ।

भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा भारतका फर्किनेहरुको निकै ठूलो संख्या छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १७:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया