कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेसँगै कपिलवस्तु जिल्लालाई २० जेठसम्म सिल गर्ने निर्णय भएको छ ।
सोमबार दिउँसो जिल्ला सुरक्षा समितिको बैठकले यसलाई घोषणा गरेको हो ।
योसँगै अब कपिलवस्तुमा औषधी किन्ने दिन पनि तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले बताएअनुसार अब सोमबार, बुधबार र शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म मात्र औषधी तथा अन्य खाद्य पदार्थ किन्न पाइनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।